१७ असार २०८३, बुधबार

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्रको अवस्था सामान्य

बैशाख १९, २०७८
पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्रको अवस्था सामान्य

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको अस्पतालले जनाएको छ ।  

कोरोना संक्रमण भई ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी  शाहलाई गत बिहीबारदेखि प्ल्जामा थेरापी विधिबाट उपचार थालिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालको भनाइ छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य बताइएको छ ।

कमेन्ट गर्नुहोस्