२४ जेठ २०८३, आइतबार

अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेनालाई सेप्टम्बर ११ भित्र फिर्ता लाने

बैशाख १९, २०७८
अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेनालाई सेप्टम्बर ११ भित्र फिर्ता लाने

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना बाँकी सैनिक फिर्ता लान औपचारिक रुपमा प्रक्रिया अघि बढाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकको सबैभन्दा लामो युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने भन्दै आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने घोषणा गरिसक्नुभएको छ । यद्यपि यसका लागि अफगानिस्तानको विद्रोही र सत्ताधारी नेताहरूसँग छलफलहरू जारी रहेको बताउँदै आइएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरेको सम्झौता अनुसार अमेरिकी सैनिक फिर्ता लाने मिति मे १ लाई तोकिएको भएपनि बाइडेन प्रशासनले सो समयसीमा कार्यान्वयका हिसाबले उपयुक्त नभएको भन्दै सेप्टेम्बर ११ लाई सारेको हो ।

सन् २००१ को सेप्टेम्बर ११ मा तीन हजार मानिसको ज्यान जाने गरि अमेरिकी ट्वीन टावरमा भएको आतंकवादी आक्रमणपछि अमेरिकी सेना अफगानिस्तानमा गएको थियो । उक्त आक्रमणको २० औँ वर्ष पूरा हुँदा आफ्नो सेनालाई पूर्णतया फर्काउने अमेरिकी निर्णयलाई संयोगका रूपमा हेरिएको छ ।

सेप्टेम्बर ११ को सो आक्रमणपछि अमेरिकी सैनिकले अफगानिस्तानमा तालिबान विरुद्ध आक्रमण सुरु गरेको थियो । आतंकवादी आक्रमणका लागि जिम्मेवार अल कायदाका नेता ओसामा विन लादेनलाई संरक्षण दिएको तालिबानविरुद्ध अमेरिकाले थालेको सो युद्ध हालसम्म जारी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्