२४ जेठ २०८३, आइतबार

दाङमा ३ बालक मृत्यु प्रकरण – २ जनाविरुद्ध ज्यान मुद्दा

बैशाख २०, २०७८
दाङमा ३ बालक मृत्यु प्रकरण – २ जनाविरुद्ध ज्यान मुद्दा

दाङको तुलसीपुरस्थित स्याउली बजारमा शनिवार बेलुकी एउटै कार भित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कार धनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।

स्याउली बजारमा पार्किङ गरेर राखेको इण्डियन नम्बर प्लेटको एउटा कार भित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ बर्ष मुनिका तीन जना बालकको शव फेला परेको थियो ।
घटना अनुसन्धानका लागि पक्राउ गरिएका कार धनी तुलसीपुर ६ का ३३ बर्षीय यादब प्रसाद गैरे र सोही वडाकै ५७ बर्षीय चालक पदमबहादुर बस्नतेलाई आइतबार प्रहरीले ज्यान शीर्षकमा मुद्दा चलाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले गाडी धनी गैरे र चालक बस्नेतलाई पक्राउ पछि मुद्दा चलाएको जानकारी दिए । पक्राउ परेका ब्यक्तिहरुले माघ १ गते उक्त स्थानमा कार लक गरि पार्किङमा राखेको भन्ने बयान प्रहरी समक्ष गरेको सिंहले बताए ।

‘लक गरि राखेको कार भित्र तीन बालक कसरी भित्र छिर्न सके ? त्यहाँ नेर आशंका छ,’ डिएसपी सिंहले भने ‘ माघदेखि पार्किङ गेरर राखिएको कारको बत्ति कसरी बल्यो ? भन्ने कुरापनि संकाष्पद देखिएको छ।’
स्थानीयले प्रत्यक्षदर्सी धेरैले लामो समयदेखि पार्किङ गरि राखेको कारमा बेलुकी पख सबै बत्तिहरु ब्लेको देखेर त्यहाँ हेर्न गएका थिए ।

स्थानीयले हेर्दा कार भित्र तीन बालकको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । त्यस्तै इण्डियन नम्बर प्लेटको उक्त कार लामो सयमदेखि पार्किङमा राखिएको कुराले पनि आशंका जन्माएको प्रहरीले बताएको छ । कार चोरीको हुन सक्ने प्रहरीको आशंका छ ।

गैरेले आफुले इण्डियास्थित कानपुरको एक हस्पिटलमा काम गर्ने गरेको र त्यो कार साथीको भएको बताएका छन् । लकडाउनले गर्दा कार छोड्न जान नभ्याएको भन्ने बयान उनले प्रहरी समक्ष गरेको प्रहरी अधिकारीले बताएका छन् ।
यसैबीच तीन बालकको शव पोष्ट मार्टम गर्नका लागि फोरेन्सिक एक्सपर्ट डाक्टर बुटबलबाट तुलसीपुर झिकाइएका छन् । इप्रका तुलसीपुरका प्रमुख सिंहले तुलसीपुरमा फोरेन्सिक एक्सपर्ट डाक्टर नभएको हुँदा शव पोष्ट मार्टमका लागि एक्सपर्ट बुटवलबाट झिकाउनु परेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्