३१ जेठ २०८३, आइतबार

सिन्धुलीमा कोरोनाबाट वृद्धाको मृत्यु

बैशाख २०, २०७८
सिन्धुलीमा कोरोनाबाट वृद्धाको मृत्यु

सिन्धुलीमा कोरोना संक्रमित १ वृद्धाको मृत्यु भएको छ ।

कोरोना संक्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो ।

सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना संक्रमणका कारण आइतवार बिहान मृत्यु भएको जानकारी दिए ।

‘बिरामी भएपछि उपचारका लागि अस्पतालमा परिवारले ल्याएकामा कोरोना संक्रमण पुष्टि भएपछि परिवारले घर लगेका थिए,’ उनले भने ।

कोरोनाको दोस्रो लहरमा संक्रमणबाट मृत्यु भएको जिल्लाको यो पहिलो घटना हो । जिल्लामा हाल ९५ सक्रिय संक्रमित रहेका छन् । कमलामाई नगरपालिकामा ४७, दुधौली नगरपालिकामा २९, सुनकोशी गाउँपालिकामा १३, तीनपाटन गाउँपालिकामा ३, मरिण गाउँपालिकामा २ र फिक्कल गाउँपालिकामा १ जना कोरोना संक्रमित देखिएका स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्