
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपा एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै नेता कोइरालाले एमालेको बलमिच्याइँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य हुनै नसक्ने बताए ।
डा. कोइरालाले लेखेका छन्, ‘गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको शपथ गराइयो, यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ । एमालेको बलमिच्याइँ, जबरजस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापी स्वीकार्य हुनै सक्दैन ।’
गैरसंवैधानिक र गैरराजनीतिक तरिकाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललाई जसरी मुख्यमन्त्रीको सपथ गराईयो यसले एमाले जसरी पनि सत्ता कब्जाको उद्देश्यमा रहेको स्पष्ट पारेको छ।एमालेको बलमिच्याइँ,जबर्जस्ती र संविधानमाथिको नग्न प्रदर्शन कांग्रेसलाई कदापि स्विकार्य हुनै सक्दैन।
— Dr Shekhar Koirala (@Shekharnc) May 3, 2021