२३ असार २०८३, मंगलबार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण, ‘लक्षणले च्यापेका छन्’

बैशाख २०, २०७८
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण, ‘लक्षणले च्यापेका छन्’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिए ।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतवार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ । बिहानपख रिपोर्ट आयो –पोजेटिभ,’ शर्माले लेखेका छन्, ‘टेकुका डा. मित्र अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरू गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’

salt training

कमेन्ट गर्नुहोस्