
नेपालका लागि टाटा मोर्टसको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा. लि. ले नोवल कोरना भाईरस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि बिशेष योजना सार्वजनिक गरेको छ ।
यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्याउने सम्पुर्ण व्यक्तिहरु यस योजनामा सहभागि हुन सक्ने कम्पनीले जनाएको छ ।
यस योजना अनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरु बाहेक थप सुबिधा प्राप्त गर्न सकिनेछ ।
जसमा बिशेष नगद छुट रु १ लाख ५० हजारका साथ साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई थप रु ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा रु ५० हजार एक्सचेन्ज बोनस, र टाटाको गाडीसँग टाटाको गाडी साट्दा लोयल्टी बोनस स्वरुप रु ३० हजार प्राप्त गर्न सकिनेछ । साथै गाडीहरूको होम डेलिभरीको सुविधा पनि रहेको छ ।
यस योजनामा सहभागी हुन चाहने यस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि १ मे २०२१ देखि बुकिङ्ग खुल्ला गरिएको छ भने ३१ मे २०२१ सम्म यस योजनामा सहभागि हुन सकिनेछ ।