०६ असार २०८३, शनिबार

भारतमा कोरोनाका कारण मरेकाहरूको मजाक उडायो चीनले, चौतर्फी आलोचना

बैशाख २०, २०७८
भारतमा कोरोनाका कारण मरेकाहरूको मजाक उडायो चीनले, चौतर्फी आलोचना

चिनियाँ कम्युनिस्ट पार्टीले वीबो नामक सामाजिक सञ्जालमा चलाएको अकाउन्टमा भारतको कोभिड संकटलाई मजाक उडाएको तस्वीर सार्वजनिक गरिएपछि चौतर्फी आलोचना भइरहेको छ । 

कम्युनिस्ट पार्टीको केन्द्रीय राजनीतिक तथा कानूनी मामिला आयोगको अकाउन्टमा विवादास्पद तस्वीर राखिएको हो । 

उक्त पोस्टमा दुईवटा तस्वीर सँगै राखिएको थियो । एउटा तस्वीरमा चीनले रकेट प्रक्षेपण गरेको अनि अर्कोमा भारतमा शवको दहन गरेको देखाइएको छ । 

‘चीनमा आगो बाल्ने विरुद्ध भारतमा आगो बाल्ने,’ क्याप्सनमा लेखिएको छ । 

यस तस्वीरलाई चीनका इन्टरनेट प्रयोगकर्ताहरूले असंवेदनशील भन्दै आलोचना गरेका छन् । 

उनीहरूले यो पोस्ट अनुपयुक्त रहेको र चीनले भारतप्रति सहानुभूति प्रकट गर्नुपर्ने बताएका छन् । 

चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सका प्रधानसम्पादक हु सिजिनले लेखे, ‘अहिले मानवीयताको ध्वजा उच्च पारौं, भारतप्रति सहानुभूति देखाऔं र चिनियाँ समाजलाई नैतिकताको उच्च भूमिमा राखौं ।’

चीनले बिहीवार आफ्नो स्थायी अन्तरिक्ष स्टेसनको प्रमुख मोड्युलक प्रक्षेपण गरेको थियो । उक्त स्टेसनमा लामो समयसम्म अन्तरिक्षयात्रीहरू राखिनेछन् । 
 

कमेन्ट गर्नुहोस्