
पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चिकित्सकको सल्लाहअनुसार केही दिन वीर अस्पतालमै रहने भएका छन् ।
उनको गत शुक्रवार पेटको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया भएको थियो ।
शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरुले बताएका छन्। उनी केही दिन चिकित्सकहरुको निगरानीमा वीर अस्पतालमै रहने डा. भट्टराईको निजी सचिवालयले जनाएको छ।