
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण भएको छ ।
संघको सक्रियतामा निर्माण भएको गोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तर, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरूप दिन विगत केही सातादेखि नेपाल भ्रमणमा रहेका पन्तलाई आइतवार कोरोना भाइरसको संक्रमण पुष्टि भएको संघको सचिवालयले जनाएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो ।
संघ सचिवालयका अनुसार पन्तलाई कोरोना संक्रमण पछि अक्सिजन कमि र ज्वरो बढेको थियो ।
उनी अहिले होम आईसोलेसनमा रहेका छन्।