२८ जेठ २०८३, बिहीबार

श्रीलङ्कामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र उड्न पाउने

बैशाख २०, २०७८
श्रीलङ्कामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र उड्न पाउने

श्रीलंकाले कोरोनाभाइरस (कोभिड–१९) महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । 

श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ । 

दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्यांकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ । 

यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतवार हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८०० जनामा कोरोना पुष्टि भएको छ । 

यो सहित श्रीलंकामा कोरोनाभाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्