१७ असार २०८३, बुधबार

के भइरहेको छ भरतपुर महानगरपालिकामा ?

कात्तिक २०, २०७४
के भइरहेको छ भरतपुर महानगरपालिकामा ?
चितवन, १६ जेठ- भरतपुर महानगरपालिकाको मतगणना स्थगितपछि तीन ठूला दलले आफू अनुकुल व्याख्या, आरोप र बचाउ गर्न थालेका छन् । एमाले र माओवादी केन्द्रले एकअर्कालाई मतपत्र च्यातेको आरोप लगाएका छन् । एमालेले मतगणना तत्काल सुरु गर्न माग गरेको छ भने कांग्रेस–माओवादीले पुनः मतदान गर्न जोड दिएका छन् ।Bharatpur,,,-Mayer_1

मतपत्र च्यातेको आरोपमा भरतपुरको कभर्ड हलबाट माओवादी केन्द्रका प्रतिनिधिहरू मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई मतपत्र च्यातिरहेको अवस्थामा तत्कालै पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । एसपी थापाका अनुसार चार–पाँचवटा मतपत्रहरू च्यातिएका छन् । उक्त मतपत्रलाई सिल गरेको उनको भनाइ छ । मतगणनास्थलमा सुरक्षा बढाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना नहुँदासम्म मतगणना नहुने सूचना सोमबार बिहान १ बजे निकालेको थियो ।

एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी तत्काल मतगणना सुरु गर्न माग गरेको छ । एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले घटनाको विरोध गर्दै जनताको मताधिकारको दुरुपयोग भएको आरोप लगाए । जनमतको मताधिकार कदर गर्न पनि मतगणना सुरु गुर्नपर्ने उनले बताए, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्