२३ जेठ २०८३, शनिबार

भरतपुर महानगरपालिकामा पुनः मतदान गर्न माग

कात्तिक २०, २०७४
भरतपुर महानगरपालिकामा पुनः मतदान गर्न माग


चितवन, १६ जेठ– नेकपा माओवादी केन्द्र चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ ।

माओवादी केन्द्रले एक विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो ।

सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रले उक्त घटना एमालेले घटाएको भन्दै घटनाको वास्तविकतालाई बङ्ग्याएर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट माओवादी केन्द्रविरुद्ध प्रचार गरिएको भन्दै भत्र्सना गरेको छ ।

जिल्ला इन्चार्ज ईश्वरी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतगणनाको अन्तिम समयमा आएर निर्वाचनलाई प्रभाव पार्ने नियतले नेकपा एमालेले गरेको हर्कतले लोकतन्त्रमाथि उसको प्रतिबद्धताप्रति नै प्रश्न चिह्न उठाएको उल्लेख गरिएको छ ।

एमालेले सुरुदेखि नै मतपरिणामलाई प्रभाव पार्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारको पास प्रयोग गरी अनधिकृत मान्छेको प्रवेश गराउने गर्दै आएको सोही विज्ञप्तिमार्फत माओवादी केन्द्रले आरोप लगाएको छ ।

“मतगणना चलिरहँदा हाम्रो उम्मेदवार जिततर्फ अघि बढिरहेका बेला एक्कासि एमालेका मतगणना प्रतिनिधि कृष्ण न्यौपाने, गणेश लामा, अश्विन घिमिरे र प्रकाश ढुङ्गानाले मतपत्र कब्जा गरी च्यात्न लागेपछि आफ्ना प्रतिनिधि द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेले मतपत्रको रक्षागर्ने क्रममा केही मतपत्र च्यातिन पुगे”, जारी विज्ञप्तिमा भनिएको छ ।

सो क्रममा माओवादी केन्द्रले पक्राउ परेका शिवाकोटी र न्यौपानेको तत्काल रिहाइको मागसमेत गरेको छ । राति नै उनीहरुलाई प्रहरीले मतगणनास्थलबाट पक्राउ गरेको थियो ।

उक्त वडामा एमालेले मतगणना अगाडि बढाउन माग गरेको छ भने नेपाली काँग्रेसले पनि पुनः मतदानको माग गरेको छ ।

चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचन आयोगमा घटनाबारे जानकारी दिएको र आयोगको निर्देशनअनुसार अघि बढ्ने बताउनुभएको छ । अहिले मतगणनास्थल सिल गरिएको छ भने प्रहरी सुरक्षा कडा पारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्