काठमाडौं, १६ जेठ – चलचित्र ‘गाजलु’ निर्माता रोहित अधिकारीले र निर्देशक हेमराज बिसीले टिमअप गर्न लागेको चलचित्र ‘ब्रेकअप’ मा पछिल्लो पुस्ताका नायक आशिरमान जोशी अनुबन्धित भएका छन् । निर्माता रोहित अधिकारीले चलचित्रका लागि अभिनेता आशिरमानलाई १५ लाखमा चलचित्रमा अनुबन्ध गरेको पनि बताएका छन् ।

साढे २ करोडको लगानीमा बन्न लागेको चलचित्र ‘ब्रेकअप’ लाई हेमराज बिसीले निर्देशन गर्ने र आशिरमान नायकका रुपमा देखिने पक्का भएपनि चलचित्रका लागि नायिकाको भने अझै खोजी भइरहेको छ ।
रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मसको ब्यानरमा बन्न लागेको चलचित्रको प्रदर्शन मिति भने फागुन ४ गतेलाई तोकिएको छ ।