मुम्बई – भारतीय नायिका सोनम कपुर यतिबेला चर्चामा आएकी छिन् । आफ्नी बहिनी रिया कपुरसँग मिलेर उनले कपडाको स्वरुमको लन्च गरिन् । उक्त स्टोर्सको जानकारी दिन बनाइएको नक्सामा भने काश्मिरको नक्सा नै गायब थियो ।

जब भारतको नक्साबाट काश्मिरको नक्सा गायब थियो, तब भारतीयहरुले मजाक उडाए । साथै सोनमले आफ्नो एक लेखको केही अंश ट्वीटरमा शेयर गरेकी थिइन् । उक्त अंशमा उनले हिन्दू, मुस्लिम, सिख, इसाई जस्ता लाइन हुन नहुने तर्क राखेका थिए । त्यसपछि उनको यही तर्कलाई आधार बनाएर उनको ट्रोल बनाउन थाले ।

सामाजिक सञ्जालमा भएको विवादले गर्दा उनले मजाक बनाइएको कुरालाई ट्वीटरबाटै धन्यवाद दिइन् तर कश्मीर नभएको नक्सालाई भने उनले आफ्नो इन्स्टाग्रामबाट हटाएकी छिन् ।