०८ असार २०८३, सोमबार

एमाले अनुपस्थित बैठकमा आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न देउवाको प्रस्ताव

कात्तिक २०, २०७४
एमाले अनुपस्थित बैठकमा आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न देउवाको प्रस्ताव

काठमाडौं १६ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएपछि राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री चयनवारे सहमति जुटाउन बसेको सर्वदलीय बैठक निश्कर्षविहीन भएको छ ।

संसद भवन नयाँ वानेश्वरमा मंगलवार बिहान बसेको संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि बैठक निश्कर्षविहीन भएको हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसदको ठूलो दलको नेताको हैसियतमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न सहमतिका लागि आग्रह गरेका थिए । देउवाको प्रस्तावमा अन्य दलका नेताहरुले भने देशलाई कसरी निकास दिने भनि प्रश्न गरेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लोकान्तरलाई जानकारी दिए ।
सुवालले देउवासँग देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा तथा मुलुकको विकास निर्माण र भूकम्प पछिको पुननिर्माणवारे योजना माग गरेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतीय सरकार गठनका लागि दलहरुसँग आग्रह गरेका थिए । उनले कांग्रेससँगको सहमति अनुसार नै आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए ।

कुनै सहमति नभएपछि बुधवार पुनः बैठक बस्नेगरी नेताहरु बैठकबाट बाहिरिएका थिए । राजनीतिक सहमतिको सरकार गठनका लागि राष्ट्रपति बिद्या भण्डारीले दिएको एक हप्ताको समयावधी बुधवार सकिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्