०१ असार २०८३, सोमबार

सेवाका लागि तयार रहन पूर्व सैनिक स्वास्थ्यकर्मीलाई निर्देशन

बैशाख २३, २०७८
सेवाका लागि तयार रहन पूर्व सैनिक स्वास्थ्यकर्मीलाई निर्देशन

नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने भन्दै तयार रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधवार बसेको विशेष बैठकले २०७२ सालपछि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सकिने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमित संख्या अत्यधिक वृद्धि हुन थालेपछि सेनाको जिम्मेवारी समेत बढेको छ । सातै प्रदेशका पृतना मातहत र उपत्यका पृतनाबाट संक्रमितको उपचार गर्न भन्दै अस्थायी अस्पताल योजना समेत बनाइएको छ ।

सेनाले हाल कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्दै आएको छ । सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा थप भूमिका पूर्वानुमान, विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारी गरिरहेको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्