२५ असार २०८३, बिहीबार

रामचन्द्र पौडेललाई प्रधानमन्त्री भन्दापनि देशको चिन्ता, देउवाले बोलाएको बैठकमा गरे यस्तो कुरा

कात्तिक २०, २०७४
रामचन्द्र पौडेललाई प्रधानमन्त्री भन्दापनि देशको चिन्ता, देउवाले बोलाएको बैठकमा गरे यस्तो कुरा

काठमाडौं १६ जेठ– राजनीतिक सहमतिको सरकार गठनका लागि बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले को प्रधामनन्त्री बन्ने भन्दापनि आफूलाई देशको चिन्ता भएको बताएका छन् ।

मंगलवार संसद भवन नयाँ वानेश्वरमा बसेको सर्बदलीय बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सहमतिको सरकार गठनका लागि प्रस्ताव गरेपनि बरिष्ठ नेता पौडेलले देउवालाई समर्थन गरेनन् । बैठकमा सहभागि एक नेताका अनुसार पौडेलले आफूलाई प्रधानन्त्री भन्दापनि देशको चिन्ता भएको बताएका हुन् ।
नेता पौडेलले मधेश केन्द्रित दलहरुलाई चुनावमा सहभागि हुने अवसरलाई खेर नफाल्न आग्रह गरे । ‘कसको नेतृत्वमा सरकार गठन गर्ने भन्दा पनि पहिला राष्टलाई निकास दिऔं’ पौडेलले भने, ‘मधेशी दललाई समेत सहभागि बनाएर सरकार गठन गरौ ।’

मधेश केन्द्रित दलहरुकै लागि चुनावका भाग लिन ढोका खोल्ने उदेश्यले चुनावको मिति सारिएको उनले बताए ।
‘पौडेलले आफूलाई को प्रधामनन्त्री बन्ने भन्दापनि मलाई देशको चिन्ता छ भनेर विचार राख्नुभयो’ बैठकमा सहभागि साना दलका एक नेताले लोकान्तरसँग भने, ‘पौडेलको भनाइ देवाप्रति कटाक्ष गरेजस्तो थियो ।’
नेकपा एमाले उपस्थित नभएपछि मंगलवार बसेको सर्वदलीय बैठक कुनै निश्कर्षमा भने पुग्न सकेन ।

salt training

कमेन्ट गर्नुहोस्