०१ असार २०८३, सोमबार

कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ४ लाख ५० हजार सहयोग

बैशाख २३, २०७८
कोरियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ४ लाख ५० हजार सहयोग

कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि दक्षिण कोरियाबाट ४ लाख ५२ हजार ६३० सहयोग गरिएको छ ।

नेपालीहरूबाट ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई’ भन्ने सहयोग अभियान सञ्चालन गरी पहिलो चरणमा संकलित रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रदान गरिएको हो । 

उक्त रकम कोरियामा रहेका १०७ नेपालीको सहभागितामा जम्मा भएको थियो । रकम फाउन्डेसनको खातामा प्राप्त भएको धुर्मुस सुन्तली फाउन्डेसनले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएको छ ।

पहिलो चरणको रकम पठाए पनि सहयोग अभियान भने निरन्तर रहने र रकम जम्मा गरी पुनः पठाउने जानकारी यहाँका अभियानकर्मीहरूले बताएका छन् । अभियानकर्मीहरूले कोरियाबासी सम्पूर्ण खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीमा सहयोगको अपिल समेत गरेका छन् ।

क्रिकेट रंगशाला निर्माणमा विविध अवरोधहरू देखिए पनि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गराई छाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने कुरामा एकजुट हुन आह्वान समेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्