०९ असार २०८३, मंगलबार

कोरोनाले भारतमा एकैदिन झण्डै ४ हजारको मृत्यु, ४ लाख बढी नयाँ संक्रमित

बैशाख २३, २०७८
कोरोनाले भारतमा एकैदिन झण्डै ४ हजारको मृत्यु, ४ लाख बढी नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमणको महामारीले विकराल रूप लिएर एकैदिन झण्डै ४ हजार संक्रमितको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९८० संक्रमितको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ६१८ नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेको तथ्यांक हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ प्रदेशमा १ लाखभन्दा बढी, ७ प्रदेशमा ५० हजार बढी र १७ प्रदेशमा ५० हजारभन्दा कम सक्रिय संक्रमित रहेका छन् । भारतमा हरेक दिन २.४ प्रतिशतका हिसाबले कोरोना संक्रमित बढिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्