०५ साउन २०८३, मंगलबार

भारत : प्रहरी निरीक्षकले हाने गरीबको पेटमा लात !

बैशाख २३, २०७८
भारत : प्रहरी निरीक्षकले हाने गरीबको पेटमा लात !

भारतको पंजाब राज्यमा रहेको फगवाडामा कोरोना निर्देशनहरूको पालना गराउनका लागि प्रहरी निरीक्षक नवदीप सिंहले क्रूर काम गरेका छन् । 

तरकारी बेचिरहेका एक गरीब मजदूरको तराजु उनले खोसे, तरकारी झारिदिए अनि कुल्चीकुल्ची तरकारी नष्ट गरिदिए । 

घटनाको भिडियो भाइरल भएपछि डीजीपी दिनकर गुप्ता र एसएसपी कंवरदीप कौरले नवदीपलाई तत्कालै निलम्बन गरी विभागीय अनुसन्धानको आदेश दिएका छन् । 

सिटी थाना प्रभारी नवदीप सिंह प्रहरी बलसँग मिलेर गश्ती गरिरहेका थिए । त्यसक्रममा उनले तरकारी बेचिरहेका एक मजदूर देखे । त्यसपछि गालीगलौज गर्दै उनले लात हानेर तरकारी खसाइदिए र कुल्चेर नष्ट गरिदिए । 

तरकारी पसलेले भने, ‘प्रहरीले तरकारीमा लात हानेको हैन, एक गरीबको पेटमा लात हानेको हो ।’

प्रहरीले पछि तरकारी बेच्ने मजदूरलाई आर्थिक क्षतिपूर्ति उपलब्ध गराएको छ । कानून पालन गराउनु प्रहरीको दायित्व हो र तर यस्तो हर्कत सह्य हुँदैन, डीजीपी गुप्ताले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्