०१ असार २०८३, सोमबार

लकडाउनका बेलामा टहल्न निस्केका मालिक र कुकुर दुवैलाई जेल

बैशाख २३, २०७८
लकडाउनका बेलामा टहल्न निस्केका मालिक र कुकुर दुवैलाई जेल

भारतमा कोरोनाभाइरसको कहर मच्चिँदा अनेकौं स्थानमा लकडाउन लगाइएको छ । 

मानिसहरूलाई घरबाट बाहिर निस्कन दिइएको छैन । तर केही मानिस अझै पनि लापरवाही गरिरहेका छन् । 

मध्य प्रदेशको इन्दौरमा कोरोना कर्फ्युमा एक व्यक्ति कुकुर लिएर घरबाहिर डुल्न निस्केका थिए । 

प्रहरीले कुकुर र उसको मालिक दुवैलाई पक्राउ गरेर हिरासतमा लिएको छ । 
 

पालासिया थाना क्षेत्रमा रहेको मनोरमागञ्जनमा प्रहरीले गश्ती गरिरहँदा घरजग्गा व्यापारी अनित नड्डा जुजु नामक कुकुर लिएर निस्केका थिए । प्रहरीले दुवैलाई समातेर अस्थायी जेलमा पठाएको छ । 

तर प्रहरीले पछि जेलमा नराखेको, चेतावनी दिएर मात्र छोडेको भनी स्पष्ट पारेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्