
एसियन लाईफ इन्स्युरेन्स कं. लि.ले आफ्ना सम्पूर्ण भुक्तानीहरु एन.आइ.सि. एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस ९एनपीआई० मा आबद्ध भएको छ ।
सोहि अनुसार एसियन लाईफले आजबाट कारोबार सुचारु गरेको छ ।
यसरी एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल(आईपीएस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ ।
एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।
साथै लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्ने छन् ।