०५ साउन २०८३, मंगलबार

मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

बैशाख २३, २०७८
मनपरी शुल्क लिने अस्पताललाई कारबाही हुन्छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन् । 

आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षाकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताए । 

‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुर अनुसार नै उपचार हुनुपर्छ । त्यो भन्दा फरक भएको भन्ने सूचना पाएका छौं, काठमाडौंका बिभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ’– उपप्रधानमन्त्री पोखरेलले भने। 

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको उनले बताए  । 
 

salt training

कमेन्ट गर्नुहोस्