१८ असार २०८३, बिहीबार

पत्रकार महासंघले बनायो अक्सिजनसहित १० बेडको आइसोलेसन कक्ष

बैशाख २३, २०७८
पत्रकार महासंघले बनायो अक्सिजनसहित १० बेडको आइसोलेसन कक्ष

नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारलाई लक्षित गर्दै आइसोलेसन वार्ड बनाएको छ ।

केन्द्रीय कार्यालय सञ्चारग्राम स्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष स्थापना गरेको हो । 

कोरोना संक्रमित पत्रकारहरुलाई लक्षित गरेर बनाइएको अक्सिजन सहित दश बेडको आइसोलेसन कक्षको अध्यक्ष विपुल पोखरेल लगायतले अवलोकन गरेका छन् ।

महासंघले वैशाख १८ गते कोभिड संक्रमित पत्रकारलाई ध्यान दिँदै केन्द्रीय कार्यालय सञ्चार ग्रामस्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको महासचिव रोसन पुरीले जानकारी गराएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्