११ असार २०८३, बिहीबार

कोरोनाका सक्रिय संक्रमित ७२ हजार बढी

बैशाख २४, २०७८
कोरोनाका सक्रिय संक्रमित ७२ हजार बढी

देशभर बिहीवार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।

बिहीवार २० हजार ३६७ जनाको पीसीआर परीक्षण र ७७५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर सक्रिय संक्रमित संख्या ७२ हजार ५६१ पुगेको छ । ३१४ संक्रमित क्वारेन्टीनमा छन् । बिहीवारै देशभर २ हजार ७०७ संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट बिहीवार ५४ जनाको मृत्यु भएको छ । यससँगै मृतक संख्या ३ हजार ५२९ पुगेको छ । देशभर हाल ६५२ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा छन् ।

जसअन्तर्गत प्रदेश १ मा १०७ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र २ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ३४९ आईसीयू र १२५ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ३८ जना आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २० जना भेन्टिलेटर, कर्णालीमा ३३ जना आईसीयू र १२ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र १२ जना भेन्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिहीवार थप ३ हजार ९७२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ३ हजार १६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी उपत्यकामा ३ हजार ९७ जनामा कोरोना देखिएको छ । काठमाडौंमा मात्र हाल २४ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा २ हजार ९४५ र ललितपुरमा ४ हजार ९७४ जना सक्रिय संक्रमित छन् ।

बंगलादेशबाट थप ४ हजार भाइल रेम्डेसिभिर नेपाल भित्रिएको छ । औषधि व्यवस्था विभागले कोभिडको सबैखाले बिरामीका लागि रेम्डेसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकले उपचार प्रोटोकलअनुसार मात्र सिफारिस गर्न आग्रह गरेको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्