
मेष
समय अनावस्यक खर्च हुनेछ तर पनि महामारीको अवस्थामा हजुरले आफ्नो होस् राम्रोसँग पुर्याउनुहुन्छ । सल्लाह र सहयोगको एक घनिष्ठ मित्र हजुरको साथ हुनुहुनेछ । धनको फजुल खर्चले मन खिन्न रहनेछ ।
वृष
कुनै रोकिएको काममा सफलता मिल्दा खुशी अनेक पाटाबाट सुरु हुनेछ । स्वास्थ्य सम्बन्धित गतिविधिहरुमा सक्रिय रहनुहोला । कुनै सामाजिक काम गर्न नेतृत्व गर्न सक्नुहुन्छ ।
मिथुन
आपसी सद्भावको साथी आज नया काम गर्न उपयुक्त हुनुहुनेछ, सन्तानको केहि नकारात्मक गतिविधिले मनमा चिन्ता रहनसक्छ । पेसामा इच्छा बनाउनको लागि एक काम परिवर्तन गर्न आवस्यक रहन्छ ।
कर्कट
प्रतिद्वन्दीले हजुरलाई दुख दिनसक्नेछन । हजुरको प्रगति देख्नले केखी डाहाको महसुस गर्नुहुनेछ । कुराहरू भन्दा काम गर्ने दिन रहेको छ ।
सिंह
आय र खर्चको बीचमा राम्रो तालमेल राख्नुहोस् । बच्चाहरूको समस्याहरूलाई ध्यान दिएर सुन्नुहोस् र तिनीहरूलाई समाधान गर्ने प्रयास गर्नुहोस् । कसैसँग व्यवहार गर्दा नकारात्मक शब्दहरू प्रयोग गर्दा अरूलाई चोट पुग्न सक्छ ।
कन्या
व्यवसायमा सुखको अनुभव रहनेछ । गम्भीर मूल्यांकनले अधिक धन प्राप्त हुन सक्ला । वर्तमान अवस्थामा बाहिर निक्लन उचित हुनेवाला छैन ।
तुला
बित्तको सुख र पैसाले केहि काम गर्न हिम्मत दिनेछ । नया काम थालनीको लागि एक विशेष समय हुन सक्छ । आज अतिरिक्त थकानको सम्भावना रहनसक्छ ।
वृश्चिक
आजको समय के गर्न सकिन्छ भनेर आत्मचिन्तन र आत्म-विश्लेषण गर्न समय हो । एक धार्मिक गतिविधिमा परिवारमा शान्ति महसुस गर्नुहुनेछ । विद्यार्थी पनि पठन-पाठनमा अवरोधका कारण चिन्तित हुनेछन् ।
धनु
मौसमी रुघाले बाधा दिन सक्नेछ, आफ्नो सावधानी अपनाउनु होला । आज पहेको रंगको कपडा लगाएर प्रेमको भावना प्रकट गर्नुहोला अवस्य पनि मन मिल्नेछ ।
मकर
आज ब्यापारमा केही सकारात्मक गतिविधिहरु शुरू हुनेछ । काम पनि ठिक समयमा हुनेछ । कुनै डरलाग्दो अवस्था पनि आइ लाग्नसक्छ, आफ्नो खयाल राख्नु होला ।
कुम्भ
राम्रो काम गर्न सकारात्मक समय रहन्छ, विवेकपुर्वक र कौशलतासाथ गरिएको कामले धनको लाभ मिल्नेछ । भावनात्मक रूपमा सबल रहिनेछ ।
मीन
वरिष्ठ र सम्मानित व्यक्तिबाट हजुरलाई सकारात्मक ऊर्जा मिल्नेछ । आफ्नो अनुहारमा कान्ति र मनमा शान्तिको अवस्था रहन सक्छ । सानातिना नकारात्मक कुरालाई बेवास्ता गर्नु होला ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)