प्राकृतिक स्रोतबाट ५ अर्ब ४१ करोड रोयल्टी

राष्टिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट गरी सिफारिस गरेको छ ।
 आयोगले संघीय सञ्चित कोषमा पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज गरी चार वटा प्राकृतिक स्रोतबाट चालू आव २०७७/०७८ मा संकलन भएको कुल ५ अर्ब ४१ करोड २३ लाख रुपैयाँ आगामी आवको लागि संघ, प्रदेश र स्थानीय तहको लागि बाँडफाँट गरी सिफारिस गरेको हो ।

चालू आवमा हिमाल पर्वतारोहण रोयल्टीबापत ५५ करोड ७ लाख, विद्युत् रोयल्टीबापत ३ अर्ब ३७ करोड १३ लाख, वन रोयल्टीबापत ६९ करोड ६९ लाख र खानी तथा खनिज रोयल्टीबापत ७८ करोड ७४ लाख रुपैयाँ संकलन भएको थियो । कारोबार दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्