०६ साउन २०८३, बुधबार

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

बैशाख २४, २०७८
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र र बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

शुक्रबार दिनभर देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ । यस्तै देशका केही स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्