×

NMB BANK
NIC ASIA

दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन

बैशाख २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा नै अस्पताल पु¥याउन तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिए । पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित बिरामीका लागि दुई र गर्भवतीका लागि एक एम्बुलेन्स निःशुल्करूपमा सञ्चालन गर्ने गरी तयारी अवस्थामा राखेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“कोरोना सङ्क्रमितका लागि छुट्याइएको दुई एम्बुलेन्समध्ये एउटा नगरपालिका परिसरमा र अर्को अमरापुरीमा राखिएको छ”, पौडेलले भने, “गर्भवतीका लागि सञ्चालन गरिएको एम्बुलेन्स भने पितौजीको बर्थिङ सेन्टरमा स्ट्याण्डबाइ रहनेछ ।” नगरपालिकामा राखिएको एम्बुलेन्स किसान साकोसको हो भने अमरापुरीमा यसअघिकै एम्बुलेन्सले सेवा दिने नगरप्रमुख पौडेलले बताए । किसान साकोसको एम्बुलेन्स नगरपालिकाले भाडामा लिएर जनताको सेवाका लागि तयारी अवस्थामा राखेको हो । 


Advertisment
Nabil box
Kumari

नगरपालिकामा विभिन्न सङ्घसंस्थासहित सातवटा एम्बुलेन्स रहेको भए पनि सङ्क्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको पौडेलले बताए । एम्बुलेन्स आवश्यक पर्ने सङ्क्रमितले सिधै नगरपालिकाको स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सक्ने पौडेलले बताए । कोभिड सङ्क्रमण भएका बिरामीलाई अस्पताल पु¥याउनका लागि नगरपालिकामा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८५५०५६५५९ तथा अमरापुरीमा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८६३२७२७२४ र गर्भवतीका लागि एम्बुलेन्स आवश्यक परेमा पितौजीको बर्थिङ सेन्टरमा ९८५५०६४३८८ मा सम्पर्क गर्नसमेत पौडेलले आग्रह गरे। 

Vianet communication
Laxmi Bank

त्यसैगरी कावासोती नगरपालिकाले समेत कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरभित्रका सङ्क्रमित कसैलाई समस्या परेमा नगरपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्सका चालकको मोबाइल नम्बर ९८४७०७४६३४ मा सम्पर्क गर्न सकिने नगरउपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताए । नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको हेरचाह, स्वास्थ्य परामर्श र उपचारका लागि २० स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको मर्दनियाले जानकारी दिए । 

अक्सिजनसहितको आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने बिरामीका लागि मध्यविन्दु जिल्ला अस्पतालसँग समन्वय गरिएको मर्दनियाको भनाइ छ । डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको लागि २८ शय्याको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताए । आजसम्म पुग्ने गरी बिरामीका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर मौज्दात रहेको भन्दै सुवेदीले थप अक्सिजनका लागि तयारी भइरहेको जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x