२८ असार २०८३, आइतबार

निर्वाचन आयोग पुगेको एमालेले भन्यो, ‘भरतपुर घटनाको सत्यतथ्य छानविन गरियोस्’

कात्तिक २०, २०७४
निर्वाचन आयोग पुगेको एमालेले भन्यो, ‘भरतपुर घटनाको सत्यतथ्य छानविन गरियोस्’

काठमाडौँ, १६ जेठ– चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा एमालेको उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा यादव र आयुक्तलाई भेटी सो घटनाका नाममा पुनःमतदानतर्फ जाँदा निर्वाचनको प्रणाली र मूल्यमान्यतामा नै प्रश्न उठ्ने भएकाले च्यातिएका मतलाई अलग राखेर गणना गरी परिणाम घोषणा गर्न सकिने जनाएको छ ।

भेटपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतपत्र च्यात्ने कार्यमा संलग्नलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिइसकेकाले सो घटनालाई गणनास्थल कब्जाका रुपमा लिन नपर्ने बताउँदै कब्जा भएको अवस्थामा मात्र पुनः मतदानमा जाने कानुनी व्यवस्था भएको जिकिर गरे ।

उहाँले ‘महानगरपालिका प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवालीको जित सुनिश्चित भएका अवस्थामा सो घटना गराई पुनः मतदानमा लाग्ने षड्यन्त्र गरेको’ भन्दै आफ्नो पार्टीलाई त्यस्तो काम मान्य नहुने स्पष्ट पारिएको जानकारी दिए ।

उनले भने, ‘छानबिन गरेर मतगणना सञ्चालन गरियोस् । एमाले हार्न तयार छ, तर देश, जनता र निर्वाचन पद्धतिले जित्नुपर्छ । यस्ता घटनामा पुनः मतदान गराउँदै जाने हो भने आगामी निर्वाचनमा परिणाम आफ्नो हातमा पार्न निश्चित नभएसम्म मतदान र गणना प्रक्रिया भत्काउने प्रवृत्तिले प्रोत्साहन पाउँछ ।’

salt training

कमेन्ट गर्नुहोस्