कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
बैशाख २४, २०७८
माधव नेपाल पक्षमाथि भएको कार्वाही फुकुवा तथा राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रवार बस्दैछ । राजधानीमा उपलव्ध स्थायी कमिटी सदस्यहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बिहीवार भएका बहुपक्षीय अनौपचारिक वार्तामा संस्थापन पक्षले माधव नेपाल पक्षका नेताहरूमाथि भएको कार्वाही फिर्ता गर्नेबारे छलफल भएको थियो । पार्टी हित विपरित गुटगत भेला गरेको भन्दै एमालेले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाको लागि निलम्बन गरिएको थियो ।
यस्तै नेपाल, झलनाथ खनाल लगायत ३० जना सांसदसँग स्पष्टीकरण सोधिएको थियो । बिहीवारको बैठकमा नेता नेपाल पक्षमाथिको कार्वाही फुकुवा बारे सामान्य छलफल भएको थियो । शुक्रवार पनि यस विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षमाथि गरिएको कार्वाही फुकुवा गर्ने र नेपाल पक्षले वैशाख २७ गते संसदमा विश्वासको मत हाल्ने गरी संस्थापन पक्षले सहमतिको लागि प्रयास गरेको छ । नेपाल पक्ष पार्टी एकता भन्दा पहिलो २०७५ जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडानमा कायमै रहदा सहमति जुट्न सकेको छैन ।
स्थायी कमिटी बैठकले राष्ट्रिय सभाको रिक्त एक स्थानका लागि बागमती प्रदेशमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउँदैछ ।
शुक्रवार बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकोले आजै उम्मेदवार टुंगो लगाउनु पर्ने दवाव एमालेलाई छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । बागमती प्रदेशको योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा माधव नेपाल निकट मानिन्छन् । नेकपा एमालेले भने आधिकारिक उम्मेदवार घोषणा गर्न सकेको छैन ।
यसअघि गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको रिक्त स्थानमा उम्मेदवार बनाउने बताएको एमालेले बिहीवार औपचारिक निर्णय गर्न सकेको थिएन । विपक्षी गठबन्धन बलियो हुँदा चुनाव हार्न सकिने भन्दै थापा स्वयमले उम्मेदवारी दिन अस्वीकार गरेका स्रोतको भनाइ छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...