२४ असार २०८३, बुधबार

कोरोना लागेकाहरूलाई फंगल इन्फेक्सनको पनि डर, जान्छ आँखाको ज्योति

बैशाख २४, २०७८
कोरोना लागेकाहरूलाई फंगल इन्फेक्सनको पनि डर, जान्छ आँखाको ज्योति

भारतको सर गंगाराम हस्पिटल तथा अन्य अस्पतालहरूमा कोरोना निको भएका रोगीहरूमा म्यूकोरमाइसिस नामक फंगल इन्फेक्सनका धेरै केसहरू पाइएको छ । 

चिकित्सकहरूका अनुसार, यो इन्फेक्सन खतरनाक छ र यसले आँखाको ज्योति समेत गुमाउने स्थिति ल्याउन सक्छ । अनि चिउँडो समेत निकाल्नुपर्ने हुन सक्छ । 
 

गंगाराम अस्पतालका वरिष्ठ नाक कान घाँटी सर्जन डा मनीष मुंजालका अनुसार, कोरोना बढेसँगै यो खतरनाक फंगल इन्फेक्सनका केसहरू पनि बढिरहेका छन् । दुई दिनमा यस इन्फेक्सन भएका ६ जना रोगीलाई भर्ना गरिएको छ । 

गत डिसेम्बर महिनामा पनि यस इन्फेक्सनका कारण कतिपय रोगीले दृष्टि गुमाएका थिए । अनि कतिपय रोगीको नाक र चिउँडो निकाल्नुपरेको थियो । 

कोभिडबाट निको भएका कुनै व्यक्तिको नाक बन्द भइरहन्छ, आँखा वा गाला सुन्निएको छ र नाकमा पाप्रो आएको जस्तो भएको छ भने तत्कालै चिकित्सकको सम्पर्कमा आउनुपर्ने हुन्छ । 
 

ईएनटी डिपार्टमेन्टका अध्यक्ष डा अजय स्वरूपका अनुसार, पहिले कुनै पनि रोग नभएका कोरोना रोगीलाई पनि यस्तो इन्फेक्सन भइरहेको देखिन्छ । 

अनि इम्युनिटी कम भएका कोभिड रोगी यसको शिकार धेरै भइरहेको पाइएको छ । 

डा स्वरूप भन्छन्, ‘कोरोना निको भएको रोगीलाई मधुमेह, मिर्गौलाको समस्या वा क्यान्सर छ भने म्यूकोरमाइसिस हुने सम्भावना बढी हुन्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्