माधव नेपालको प्रस्टोक्ति : भ्रममा नपर्नू, २०७५ जेठ २ गतेको कमिटी नै हाम्रो बटमलाइन हो

फाइल तस्वीर

नेकपा एमालेका नेता माधवकुमार नेपालले २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको प्रस्टोक्ति दिएका छन् ।

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता नेपालले कुनै भ्रममा नपर्न आग्रह गरेका छन् ।


Advertisement

बिहीवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएपछि सहमति भएको चर्चा चलेपछि नेता नेपालले प्रस्टोक्ति दिएका हुन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं । किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो ।  यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’ 
 

हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Thursday, May 6, 2021
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्