१९ असार २०८३, शुक्रबार

भारतमा कोरोनाले हाहाकार मच्चाउँदा मोदी बनाउँदैछन् विलासी महल

बैशाख २४, २०७८
भारतमा कोरोनाले हाहाकार मच्चाउँदा मोदी बनाउँदैछन् विलासी महल

भारतमा कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त पारिरहेको बेलामा दिल्लीमा सेन्ट्रल भिस्टा रिडेभलपमेन्ट प्रोजेक्टको काम शुरू गरिएको छ । 

कुल २० हजार करोड भारु खर्च हुने यस प्रोजेक्ट अन्तर्गत नयाँ संसद् भवन, प्रधानमन्त्रीका लागि नयाँ निवास, उपराष्ट्रपतिका लागि नयाँ निवास र सबै मन्त्रालयको नयाँ सचिवालय भवन बनाइँदैछ । 

अहिले विद्यमान संसद् भवन बेलायती शासनको पालाको हो र एक शताब्दी पनि पूरा भएको छैन तर त्यसलाई संग्रहालय बनाइनेछ । 

भारतमा अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरू मरिरहेको बेलामा राष्ट्रपति भवनदेखि इन्डिया गेटसम्मको क्षेत्रमा निर्माणको काम अघि बढिरहेको छ । यो विलासी परियोजनाका लागि ४०० वटा पुराना रुखहरू काटिनेछन् ।

नरेन्द्र मोदीमा मध्यकालीन राजाहरूको जस्तो सोच देखिन्छ किनकि उनी आफूलाई भविष्यको पुस्ताले आफ्नो विलासी भवनमार्फत सम्झिऊन् भन्ने चाहन्छन् । मानिसहरू स्वास्थ्य समस्यामा परेर आर्तनाद गरिरहेको बेलामा मोदीले विलासी भवनलाई प्राथमिकता दिनु त्यही मध्यकालीन सोचका कारण हो । 

कोभिडले भारतको सार्वजनिक स्वास्थ्य प्रणाली निकै कमजोर रहेको स्पष्ट पारेको छ । त्यसैले सरकारको प्राथमिकता स्वास्थ्य प्रणाली बलियो बनाउनेतर्फ हुनुपर्थ्यो । तर प्रधानमन्त्री तथा अन्य गण्यमान्यका लागि विलासी महल बनाउने प्राथमिकता सरकारको देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्