तुलसीपुरमा अटो एम्बुलेन्स तयारी अवस्थामा

तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

जेसिजका पूर्व अध्यक्ष मोहन सुनार,अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटोल संचालकसंग समन्वय गरेर अटोलाई लकडाउनभरी एम्बुलेनसका रुपमा प्रयोग गर्नेगरी तयारी गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए। 


Advertisement

तुलसीपुर क्षेत्रमा एम्बुलेन्स बिरामीहरुसँग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहज रुपमा पुर्‍याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले जानकारी दिए ।

यसैबीच अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । यो संगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा नगर प्रमुख पाण्डेले आफूहरु अहिले कोरोनासँगको युद्धमा लडिरहेको बताउँदै जितेर छाड्ने बताए ।

अटो एम्बुलेन्स प्रयोगका लागि कुनै पनि व्यक्तिले सम्पर्क नम्बर ९८५७८२५८६३ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्