
सुन्दरताको कुनै परिभाषा हुँदैन र सीमा पनि हुँदैन । हुन त तपाईंले कैयौं सुन्दर अनुहार देख्नुभएको होला तर यहाँ हामीले कुरा गर्न खोजेको युवतीको सुन्दरताको खास महत्त्व छ ।

उनी हुन् संसारका सबभन्दा धनी मानिस बिल गेट्सकी छोरी जेनिफर क्याथरिन । उनको सुन्दरताको अहिले संसारभरि चर्चा छ ।
सन् १९९६ को अप्रिल २५ मा जन्मिएकी जेनिफर आफ्नो आकर्षक फिगर र हट लूक्सका लागि चर्चित छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका सेक्सी तस्वीर आजकल खुबै भाइरल हुन थालेका छन् ।
महाधनीकी छोरी भएपनि जेनिफर साधारण जीवन जिउँछिन् । उनलाई घोडा चढ्नमा रुचि छ ।
उनले बुवाबाट दुई करोड डलर मात्र प्राप्त गरेकी छन् । बिल गेट्सले छोरीका लागि फ्लोरिडाको वेलिङटनमा लगभग

५४ करोड डलरको एक बंगला किनिदिएका छन् । त्यहाँको खुल्ला ठाउँमा जेनिफर घोडा चलाएर बस्छिन् ।
जेनिफर अहिले स्यानफोर्ड विश्वविद्यालयबाट बायोलोजीमा स्नातक गर्दैछिन् ।
एजेन्सी