×

NMB BANK
NIC ASIA

आईसीयू र अक्सिजनको अभाव छैन : बीएण्डसी अस्पताल

बैशाख २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ संक्रमित बिरामीको उपचार गर्न हालसम्म भेन्टिलेटरसहित सघन उपाचार कक्ष (आईसीयू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।
बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटरसहित आईसीयू शय्यामध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ ।

Muktinath Bank

अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी १० दिनभित्र प्लान्ट सञ्चालन हुने जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

शनिवार मात्र काठमाडौंस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय संक्रमित दीपकराज आङदम्बेलार्ई ‘हवाई बेड लिफ्ट’ गरी बीएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ । 

Vianet communication
Laxmi Bank

काठमाडौं लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभाव भएपछि ‘हवाई बेड लिफ्ट’ गरी संक्रमितलाई धमाधम बीएण्डसी पुर्‍याउनेक्रम जारी रहेको  विज्ञप्तिमा उल्लेख छ । शुक्रवार दाङ र पर्साका २ संक्रमितलाई बीएण्डसी अस्पतालमा लगिएको थियो । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना उपचारमा बीएण्डसी सरकारलाई सधै सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका संक्रमितलाई उपचार गर्न भेन्टिलेटर सहित (आईसीयू तथा अक्सिजनको अभाव रहेको छैन ।’

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार भेन्टिलेटरसहित आईसीयूका लागि देशभरबाट बीएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ ।

उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग–अलग भेन्टिलेटरसहित आईसीयू शय्याको ब्लग सञ्चालनमा ल्याएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x