०६ साउन २०८३, बुधबार

एकैपल्ट ९ बच्चा जन्माउने यी महिला, स्वास्थ्य अवस्था गम्भीर

बैशाख २५, २०७८
एकैपल्ट ९ बच्चा जन्माउने यी महिला, स्वास्थ्य अवस्था गम्भीर

एकैपल्ट ९ बच्चा जन्माएर चर्चामा आएकी एक महिलाको स्वास्थ्य अवस्था अहिले गम्भीर बनेको छ । 

मालीकी २६ वर्षीया महिला हलीमाको प्रसूति अवस्थामा रक्तश्राव भई शरीरमा रगतको कमीका कारण स्वास्थ्य अवस्था खतरामा परेको छ ।

हलीमाको जीवन रक्षाका लागि चिकित्सकहरूले प्रयास गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बच्चाहरूको स्वास्थ्य भने स्वस्थ नै रहेको छ । ती महिलाका ५ छोरी र ४ छोरा जन्मिएका छन् ।

मालीको सरकारले हलीमाको स्वास्थ्य उपचारका लागि विशेष प्रबन्ध मिलाएको जनाइएको छ । एपी न्युजका अनुसार सरकारले प्राथमिकताका साथ हलीमाको उपचार गरिरहेको छ ।

हलीमालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, उनलाई १२ हप्तासम्म विशेषज्ञ चिकित्सकको निगरानीमा राखिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्