
कोभिड –१९ बाट काठमाडौंमा एक जनप्रतिनिधिको निधन भएको छ । शङ्खरापुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।
वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए ।