२४ जेठ २०८३, आइतबार

संक्रमितलाई सघाउन आजदेखि ‘हेल्लो डाक्टर’ सेवा शुरू

बैशाख २६, २०७८
संक्रमितलाई सघाउन आजदेखि ‘हेल्लो डाक्टर’ सेवा शुरू

नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

महासंघले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतवारदेखि हेल्लो डाक्टरको सेवा शुरू गर्न लागेको हो । यसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अनुरोधका आधारमा चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।

कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिनसक्ने महासंघले जनाएको छ । हेल्लो डाक्टर भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासंघले जनाएको छ ।

प्रारम्भमा ५ जना डाक्टरबाट परामर्श थालनी गरिने छ । त्यसका लागि बिहान ९ः०० देखि १२ः०० बजेसम्म र दिउसो ३ः०० देखि ६ः०० बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।

त्यसपछि डाक्टरहरूले भिडियो कलमार्फत बिरामीसँग संवाद गरी परामर्श दिनेछन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने र देशैभरका सबै संक्रमितले लिनसक्ने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्