
सभामुख अग्नि सापकोटाले आइतवार दिउँसो प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
भोलि (सोमवार) शुरु हुने प्रतिनिधि सभाको अधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
दिउसो १ बजे संसद भवनको ल्होत्से हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन सोमवार दिउसोको लागि बोलाइएको छ ।
प्रतिनिधि सभाका २६ जना सांसदलाई कोरोना संक्रमण देखिएकोले भोलिको बैठक कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुने संसद सचिवालय स्रोतले बतायो ।