×

NMB BANK
NIC ASIA

पर्वतको जलजलामा २० शय्याको कोरोना अस्पताल सञ्चालन

बैशाख २६, २०७८

NTC
Premier Steels

जिल्लाको जलजला गाउँपालिकाका २० शय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।

Muktinath Bank

जलजला–८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो । मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुङ्गा सडकको नजिकै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । उनका अनुसार अस्पतालमा अहिले छ शय्यामा अक्सिजन जडान गरिएको छ भने बाँकी शय्याका लागि पनि अक्सिजन व्यवस्थापनको तयारी भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाले आफैँ अक्सिजन खरिद गरेर अस्पतालमा उपलब्ध गराएको छ । दोस्रो लहरको कोभिडबाट जलजलाभित्र तीन जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था गम्भीर रहेको छ । पालिकामा दोस्रो लहरमा ४५ जनामा कोरोना सङ्क्रमण देखिएकामा सक्रिय सङ्क्रमित ३५ रहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए ।


Advertisment
Nabil box
Kumari

तीमध्ये २९ जना होम आइसोलेशनमा रहेका छन् भने छ जना बाग्लुङ, पर्वत र म्याग्दीका अस्पतालमा उपचाररत छन् । जलजलाले निर्माण गरेको अस्पतालमा अहिले एक जना उपचाररत रहेको मल्लले जानकारी दिए । अब गम्भीर खालका बिरामीबाहेक अन्यलाई गाउँपालिकाकै अस्थायी अस्पतालमा राखेर उपचार गर्न सकिने मल्लको भनाइ छ ।
 
अस्थायी अस्पतालमा गाउँपालिकाले नियुक्त गरेका एक चिकित्सक र अन्य स्थानीय स्वास्थ्यचौकीमा कार्यरत अनमी र नर्सलाई चौबीसै घण्टा परिचालन गरिने भएको छ । “हामीसँग पर्याप्त अक्सिजनको व्यवस्था छैन, विभिन्न निकायसँग माग गरेका छौँ, अक्सिजन पर्याप्त भए पनि अस्पतालमा जस्तोसुकै बिरामी पनि भर्ना गर्न सकिन्छ”, मल्लले भने। सिफारिस गर्नुपर्ने बिरामीलाई पनि अक्सिजन सिलिण्डरसँगै सिफारिस गर्न सकिने गरी व्यवस्थापनमा जुटेको मल्लले बताए ।
 
गाउँपालिकाले यसअघि कोरोना सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाकै स्वामित्वमा रहेको एउटा एम्बुलेन्स पनि भएकाले बिरामीका लागि सवारी अभाव नहुने मल्लले बताए । उपचारभन्दा पनि सचेतना महत्वपूर्ण रहेकाले अहिले सञ्चारमाध्यम तथा अन्य माइकिङ, पम्प्लेट, घरदैलोलगायतका सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिएको पालिकाले जनाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x