०४ असार २०८३, बिहीबार

अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बनाएर प्रयोग

बैशाख २६, २०७८
अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बनाएर प्रयोग

जलजला गाउँपालिकाले कोरोना सङ्क्रमित बिरामी बोक्नका लागि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि अध्यक्ष र उपाध्यक्ष पैदल हिँडेर आफूले प्रयोग गर्ने सवारी बिरामीको प्रयोजनका लागि दिइएको हो ।

पालिकामा भएको एउटा मात्र एम्बुलेन्स पर्याप्त नभएको हुँदा आफू चढ्दै आएको गाडीलाई बिरामीको सेवामा लगाएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए।

अध्यक्ष मल्लले प्रयोग गर्ने बा२झ ४२२२ को स्कर्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्ने ग१झ ४२२ नंको बोलेरो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिए।
 

salt training

कमेन्ट गर्नुहोस्