२५ असार २०८३, बिहीबार

भारतमा पीकमा पुगेको हो कोरोना ?

बैशाख २६, २०७८
भारतमा पीकमा पुगेको हो कोरोना ?

भारतमा शनिवारसम्म लगातार कोरोनाका चार लाख नयाँ केस देखिएका छन् । अनि दुई दिनमा चार हजारभन्दा बढीको ज्यान गएको छ । 

यस्तो स्थिति रहेको भए पनि आरम्भिक आँकडाले देशमा दोस्रो लहर पीकमा पुगेको संकेत दिएको छ । 

फेब्रुअरी महिनाको मध्यतिरबाट दोस्रो लहर शुरू भएको हो । त्यसबेलादेखि हेर्दा शुक्रवार पहिलोपटक संक्रमणको दैनिक केसमा कमी आएको देखिन्छ । तर यो कमी एकदमै सानो हो । 

शनिवारसम्म सात दिनको औसत तीन लाख ९१ हजार २६३ रह्यो । त्यसभन्दा अघिल्लो साताको तुलनामा यसमा २० हजार ११७ केसको वृद्धि भयो । 

मे १ मा सकिएको सातामा यो वृद्धि ६१ हजार १७३ थियो । अनि १७ देखि २४ अप्रिलका बीचमा यसमा एक लाख ६ हजार २४ को भारी वृद्धि भएको थियो ।

केसको ग्राफ घटिरहेको भए पनि कुनै ठोस निष्कर्षमा पुग्नका लागि यही ट्रेन्ड अर्को हप्ता पनि जारी रहनुपर्छ । अनि मात्र दोस्रो लहर चरममा पुगेको भन्न सकिन्छ । 

तर यसका अनेक किसिमका अनिश्चितता छन्  । भारतमा पोजिटिभिटी रेट अर्थात् मानिसहरू संक्रमित हुने दर अहिले पनि २२ प्रतिशत छ । 

अनि कर्नाटक, केरल, तमिलनाडु, आन्ध्र प्रदेश, असम, बंगाल, उत्तराखण्ड, हिमाचल प्रदेशमा केसहरू बढिरहेका छन् । 

महाराष्ट्र उत्तर प्रदेश, दिल्ली, गुजरात र मध्य प्रदेश जस्ता राज्यमा केसहरू घटिरहेका छन् । तर कोरोनाले यी राज्यहरूमा पहिले नै भयंकर कहर मच्चाइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्