०५ साउन २०८३, मंगलबार

भाजपा विधेयकको अनौठो दाबी– दिनदिनै गहुँत पिउँदा लाग्दैन कोरोना (भिडियो)

बैशाख २६, २०७८
भाजपा विधेयकको अनौठो दाबी– दिनदिनै गहुँत पिउँदा लाग्दैन कोरोना (भिडियो)

भारतमा कोभिडका केसहरू बढिरहेको बेलामा उत्तर प्रदेशमा भारतीय जनता पार्टीका विधायकले आफूलाई गहुँतले कोरोनाभाइरसबाट बचाएको भन्दै अरूलाई पनि गोमूत्र पिउन सल्लाह दिएका छन् । 

बलिया जिल्लाको बैरियाबाट भाजपा विधायक सुरेन्द्र सिंहले गहुँत पिएको भिडियो सार्वजनिक गरेका छन् । गहुँत कसरी पिउने भनी उनले प्रस्तुति नै दिएका छन् । 

चिसो पानीसँग गहुँत पिउन उनले मानिसहरूलाई सिफारिश गरे । 

‘म दिनदिनै बिहान गहुँत पिउँछु र जनताको सेवामा दिनको १८ घन्टा खटिने भए पनि म स्वस्थ छु । दिनदिनै गहुँत पिउन म मानिसहरूलाई अपील गर्न चाहन्छु,’ सिंहले बताए । 

दुई बिर्को गहुँतलाई एक गिलास पानीमा राखेर पिउनुपर्ने उनको भनाइ छ । 

‘गहुँत पिएको आधा घन्टासम्म केही पनि नखानुहोला,’ उनी थप्छन् । 

आफूले विज्ञानमा भन्दा गोमूत्रमा विश्वास गर्ने गरेको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्