२५ जेठ २०८३, सोमबार

कोरोनाबाट निको हुनेबित्तिकै फाल्नुस् दाँत माझ्ने बुरुश

बैशाख २६, २०७८
कोरोनाबाट निको हुनेबित्तिकै फाल्नुस् दाँत माझ्ने बुरुश

तपाईं हालै मात्र कोभिडबाट निको हुनुभएको हो भने पहिलेभन्दा बढी सावधान हुनैपर्छ । 

सबभन्दा पहिला त तपाईं दाँत माझ्ने पुरानो बुरुश तत्कालै फालिहाल्नुस् । नयाँ टूथब्रश प्रयोग गर्दा व्यक्ति पुनः संक्रमित हुने सम्भावना घट्छ अनि एउटै वाशरूम प्रयोग गर्ने परिवारका अन्य सदस्यलाई पनि संक्रमण हुन पाउँदैन । 

त्यसो त सामान्य रुघाखोकी र ज्वरो आएका मानिसले पनि निको भए पनि बुरुश बदल्दा राम्रो हुने चिकित्सकहरूको भनाइ छ । अझ कोभिड भएको छ भने र लक्षण देखिएको २० दिनपछि टूथब्रश र जिब्री (टंग क्लीनर) बदल्नुपर्छ । 

दाँत माझ्दा टूथब्रशमा ब्याक्टेरिया बसिरहन्छ र पुनः संक्रमण गराउन सक्छ । त्यसको रोकथामका लागि धेरैजसो मानिस माउथवाशले गार्गल गर्छन् । त्यसले मुखमा रहेको भाइरस मार्छ । माउथवाश छैन भने तातो पानीले कुल्ला गर्नुस् । दिनमा दुईपटक ब्रश गरेको राम्रो हुन्छ । 

जनवरी महिनामा ब्राजिलका अनुसन्धाताहरूले कोभिड संक्रमण र मुखको स्वच्छताको प्रभाव बुझ्नका लागि एक अध्ययन गरेका छन् । अध्ययनले टूथब्रशलाई ब्याक्टेरिया फ्री राख्नका लागि ओरल हाइजिन जरूरी रहेको देखाएको छ । 

द जर्नल अफ इन्फेक्सियस डिजीज जर्नलमा अध्ययन प्रकाशित भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्