२२ जेठ २०८३, शुक्रबार

देउवालाई भेटेपछि ओलीलाई भेट्न सिधै बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

बैशाख २६, २०७८
देउवालाई भेटेपछि ओलीलाई भेट्न सिधै बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिधै बालुवाटार पुगेका छन् ।

नेताद्वय ठाकुर र महतो कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठबाट सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको जसपाका एक नेताले जानकारी दिए ।

देउवासँगको भेटमा नेताद्वयले भावी सत्ता समीकरणमा आफूहरू कतै नलाग्ने सन्देश दिएको स्रोतले जनाएको छ । 

आफूहरू तटस्थ रहँदा वैकल्पिक सरकारको सम्भावना पनि नरहने भन्दै ठाकुर र महतोले चुनावको माहोल बनाउनुपर्ने बताएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्