३१ जेठ २०८३, आइतबार

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अस्पतालहरूमा वितरण

बैशाख २६, २०७८
अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अस्पतालहरूमा वितरण

महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूसमेतबाट संकलन गरिएका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर विभिन्न मितिमा संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिएको छ ।

संकलन गरिएका उक्त सिलिन्डरहरू उपचार भइरहेका बिरामीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारी बिरामीहरूका आफन्तहरूबाट जानकारी प्राप्त हुनासाथ भक्तपुर इन्टरनेशनल अस्पताल लोकन्थलीमा १२ वटा भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिन्डर वितरण गरिएको हो । 

कोभिड-१९ को महामारीले दिनानुदिन संक्रमितको संख्या बढ्दै जाँदा बिरामीहरूको चाप बढ्दै गई अस्पतालमा बेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरूलाई उपचारका लागि अक्सिजनको अभावले उपचारमा कठिनाई भएको अवस्थालाई हृदयङ्गम गरी भक्तपुर जिल्लाका वडा क्षेत्रमा स्वास्थ्य क्षेत्र बाहेक प्रयोग भइरहेका उद्योग, कल कारखाना तथा कवाडी संकलन केन्द्र समेतमा रहेका उक्त सिलिन्डरहरू प्रहरीले संकलन गरी अस्पताललाई वितरण गरेको तथा अन्य सिलिन्डरहरू समेत खोजी भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्