×

NIC ASIA

राष्ट्रिय गौरवका आयोजनालाई ६४ अर्ब बजेट, प्राथमिकतायुक्त आयोजनाको संख्या तेब्बर बढाएर १२ सय

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ जेठ
-सरकारले आर्थिक वर्ष (आव) २०७४/७५ मा राष्ट्रिय गौरवका आयोजनाका लागि कुल करीव करीव ६४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सोमवार आव २०७४/७५ को वार्षिक बजेट प्रस्तुत गर्दै राष्ट्रिय गौरवका र प्राथमिकतायुक्त ठूला आयोजनालाई मोटो रकम विनियोजन गरेको घोषणा गरेको हो ।

बजेटबारे जानकारी दिन मंगलवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय गौरवका आयोजनाका लागि आव २०७३/७४ को तुलनामा १८ प्रतिशत बढी बजेट विनियोजन गरिएको जानकारी दिए । नयाँ बजेटमा सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि करीव ६३ अर्ब ६८ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

हाल राष्ट्रिय गौरवका आयोजनाको संख्या २१ वटा छ । राष्ट्रिय गौरवका आयोजनाका लागि कुल पूँजीगत बजेटको १९ प्रतिशत हिस्सा विनियोजन गरिएको अर्थमन्त्री महराले बताए ।

सरकारले चालू आवमा बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्ब १७ करोड र रानी –जमरा –कुलरिया सिंचाई आयोजना, भेरी –बबई डाईभर्सन आयोजना, सिक्टा सिंचाई आयोजना र बबई सिंचाई आयोजनाका लागि एकमुष्ठ ५ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमवुद्व क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकमुष्ठ १३ अर्ब ७२ करोड रुपैयाँ, काठमाडौं –तराई दु्रतमार्गका लागि १० अर्ब १४ करोड, हुलाकी राजमार्गका लागि ४ अर्ब २७ करोड रुपैयाँ र उत्तर –दक्षीण लोकमार्गका लागि २ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मध्यपहाडी लोकमार्गका लागि ३० करोड रुपैयाँ, पूर्व –पश्चिम रेलमार्गका लागि ४ अर्ब ३ करोड रुपैयाँ, खुलालु –लैफु –कालिकोट –सिमीकोट सडकका लागि ३० करोड रुपैयाँ, पशुपति र लुम्बिनी क्षेत्र विकास गुरुयोजनाका लागि एकमुष्ठ १ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाका लागि ६ अर्ब ५७ करोड रुपैयाँ र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री महराले राष्ट्रिय गौरवका आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरेको बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नयाँ बजेटमा राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको संख्या तेब्बर वृद्वि गरिएको बताए । आव २०७३/७४ मा कुल ४ सय ८३ वटा प्राथमिकतायुक्त आयोजना किटान गरिएकामा नयाँ बजेटमा उक्त संख्या बढाएर १ हजार २ सय १९ पु¥याइएको उपाध्यक्ष श्रेष्ठले बताए ।

अर्थ मन्त्रालयका अनुसार प्राथमिकतायुक्त आयोजनाअन्तर्गत पहिलो पहिलो प्राथमिकता (पी –वान)मा ८९ प्रतिशत, दोस्रो प्राथमिकता (पी –टू)युक्त अयोजनाका लागि ६ दशमलव ६ प्रतिशत र तेस्रो प्राथमिकतायुक्त (पी –थ्री)आयोजनामा ३ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

विकास बजेटको हिस्सा ६६ प्रतिशत
अर्थमन्त्री महराले यसपटक कुल बजेटको ६६ प्रतिशत हिस्सा विकास बजेट अन्तर्गत विनियोजन गरेको बताए । बाँकी ३४ प्रतिशत भने साधारण बजेट अन्तर्गत राखिएको छ । स्थानीय तहलाई विनियोजन गरिएको बजेट पनि विकास बजेट अन्तर्गत रहेकाले उक्त शिर्षकको बजेट ठूलो देखिन गएको हो ।

सरकारले नयाँ बजेटमा सबै प्रकारका अनुदानसमेत गरी कुल २ खर्ब ३२ अर्ब रुपैयाँ विनियोजन दिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x